काठमाडौं । नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति मेजर विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् ।
आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए ।
‘नेपाली सेना, प्रहरीहरूले पाँच दिनदेखि खोजी कार्य जारी राख्नुभएको छ । उहाँ सम्पर्कमा आउनुभएको छैन,’ पोखरेलले भने ।
उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको प्रजिअ पोखरेलले जानकारी दिए ।
पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् ।
















प्रतिक्रिया