Logo

राजनीति

प्रधानमन्त्री ओली नयाँ रणनीति बनाउँदै तनाबमा प्रचण्ड



सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । उनले आज मात्रै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग बालुवाटारमा आन्तरिक छलफल गरेका छन् ।  

पार्टीभित्र पूनः विवाद सुरु भएपछि ओलीले अब कसरी अघि बढ्ने भन्नेबारे आफ्ना निकटका नेता तथा जानकाहरुसँग छलफल गरेका हुन् । मन्त्रिमण्डल पूनर्गठनदेखि कर्णालीमा नेकपा विवाद देखिएपछि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पनि मनमुटाव सुरु भएको छ ।

पछिल्लो समय भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर पनि नेकपाभित्र विवाद देखिएको छ । कतिपय नेताहरुले प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादाविपरित रअ प्रमुखसँग शिष्टाचार भेटवार्ता गरेको भनेर सार्वजनिक रुपमै आलोचना गरेका छन् ।

 प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि प्रभावशाली नेता डा. भीम बहादुर रावलले पनि उक्त भेटवार्ताबारे टिप्पणी गरेका छन् । उता प्रचण्ड केपी आलीले नयाँ रणनीति बनाउदै गर्दा प्रचण्ड तनाबमा रहेको बुझिएको छ । 

प्रकाशित मिति : कार्तिक १२, २०७७ बुधबार  १ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।