Logo

समाचार

सरकारले दियो ४० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार



काठमाडौं । सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदरबारका सहसचिव बुद्ध बहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कविन्द्र नेपाल, लगायत १० जना छन् ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार १३:०६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।