Logo

समाचार

मीनबहादुर गुरुङसहित १६ जना धरौटी बुझाएर छुटे, एक जना कारागार चलान



काठमाडौं । ललिता निवास प्रकरणमा १७ मध्ये १६ जना धरौटी रकम बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले आइतबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी रिहा गर्न आदेश दिएको थियो ।

धरौटीमा छुट्ने आदेश पाएका १७ मध्ये अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् । अदालतले उनीसँग ७ लाख ५० हजार रुपैयाँ धरौटी मागेको थियो ।

अदालतले सबैभन्दा बढी भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो । अन्यसँग एक लाख १० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागिएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आईतवार २१:२०   :  बजे

654
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।