Logo

समाचार

शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन सकिँदैन : कानूनमन्त्री गुरुङ



काठमाडौं । कानूनमन्त्री धनराज गुरुङले शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका छन् ।

कानूनमन्त्रीसमेत रहेका कांग्रेस उपसभापति गुरुङले सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता कार्यान्वयनको समस्या, शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका हुन् ।

उनले भने, ‘हामी संघीयतामा गयौं तर वास्तवमा अङ्गीकार गर्न नसकेको कुरा यही शिक्षा विधेयकमा पनि देखियो । शिक्षकहरूलाई सम्बोधन गर्नुपर्छ त्यो हो । तर शिक्षकलाई खुसी पार्ने सन्दर्भमा हामीले बनाएको संविधान विपरीत ऐन बनाउन मिल्छ कि मिल्दैन् ? हामी त्यस्तो मानिस होइन जसले संविधान भन्दा माथि कानून बनाउन सक्दैनौ यो कुरा प्रष्ट हुनुपर्छ त्यसैले शिक्षकलाई ह्याप्पी बनाउने नाममा संविधानलाई मिचेर संविधान विपरीत ऐन बनाउन सकिँदैन । यो कुरा भन्नै पर्छ ।’

उनले आम माफी दिने सन्दर्भमा आफ्नो नाम जोडेर राजीनामा समेत माग गर्दै विभिन्न समाचारहरू आएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार १७:३७   :  बजे

1.3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।