Logo

राजनीति

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा छ : कमल थापा



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं पूर्व-परराष्ट्रमन्त्री कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको बताएका छन्।

सामाजिक सन्जालमार्फत् उहाँले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएकाे हाे ।

‘भारत र चीनसँगको सम्वन्धमा रणनीतिक संतुलन, समदूरी र असंलग्नता नेपालको अस्तित्वको आधार ,’ उनले भनेका हुन् , ‘तर, सत्तारुढ र प्रमुख प्रतिपक्षदलका अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ । देशको स्वतन्त्रता/अस्तित्ववारे समयमै सचेत बनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखलाई भेटेको विषय विवादित बनिरहेका बेला र अमेरिका तथा भारतबीच रणनीतिक सम्झाैताहरू भएकाे बेला थापाकाे यस्ताे अभिव्यक्ति आएकाे हाे ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ११ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।