Logo

राजनीति

जन्म र मृत्युको दिनमा मात्र सम्झेर विपीको सम्मान हुँदैन: लक्ष्मण शाही



नेपाली कांग्रेस जुम्लाका भ्रातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा कांग्रेस हिँड्नुपर्ने बताएका छन् । पार्टीका युवा नेता उनले विपीले कांग्रेसमा त्याग, तपस्या र उदारताको पाठ सिकाएकाले त्यसलाई सबैले मार्गदर्शनका रुपमा लिनुपर्ने उनको भनाई छ ।

विपीको १ सय ७ औं जन्मजयन्तीको अवसरमा उनले भने ‘नेपाली कांग्रेसप्रति जनताको झुकाव अझै पनि छ, कांग्रेस बलियो भएको हेर्न चाहने नागरिकको ईच्छालाई नेतृत्वले ख्याल गर्नुपर्छ ।’ यो अवसरमा पार्टीले ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । २०१५ सालमा प्रथमपटक जननिर्वाचित प्रधानमन्त्री भएका उनले छोटो समयमा पनि देश र जनताको पक्षमा राम्रो काम गरेको उदाहरणीय बनेको उनको भनाई छ ।

तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विपीको सरकार २०१७ पौष १ गते ढलेको थियो । विपीले पटकपटक गरी १२ वर्ष जेल जीवन बिताएका थिए । भारतको बनारसमा १९७१ साल भदौ २४ गते जन्मिएका उनले २०३३ सालमा नेपाल फकिँदा लिएको राष्ट्रिय मेलमिलापको नीति अझै पनि सान्दर्भिक रहेको छ । उनले जन्मदिन र मृत्युको दिन पारेर एक दुई दिनमात्र औपचारिक कार्यक्रममात्र गरेर उनको कदर हुन नसक्ने पनि बताए ।

स्थानीय तहको निर्वाचनमा हिमा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका नेता शाहीले नेपाली कांग्रेसले यो बेला जनताका हरेक विषयमा आवाज उठाउनुपर्ने उनको सुझाव छ । भारतको स्वतन्त्रता आन्दोलनको लागि पनि सक्रिय रहेका उनले १ सय ४ वर्षे जहानिँया राणा शासन ढाल्न पनि विशेष भूमिका निर्वाह गरेका थिए । शाहीले कांग्रेसका संस्थापक नेताहरुले पार्टीमा ठूलो योगदान गरेकाले त्यसलाई भुल्न नहुने पनि बताए । ‘विपीले आफ्नो जीवनमा कहिल्यै पनि स्वार्थको राजनीति गरेनन्, जीवनको अन्तिम क्षणसम्म देशको लागि समर्पित भएर काम गरेको इतिहास छ ’ उनले भने ‘ कांग्रेसको अहिलेको नेतृत्वले पनि विपीको बाटो पछ्याउनुपर्छ र राम्रो कामको अनुशरण गर्नुपर्छ, केवल नाममात्र लिएर उनको वास्तविक सम्मान हुँदैन ।’

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  १ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।