Logo

सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकबाट विवाद छिनोफानो गर्ने प्रचण्डको प्रस्ताव



नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहार अगावै पार्टी कमिटीहरुको बैठक डाक्न प्रस्ताव गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा यस्तो प्रस्ताव गरेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार उनले एक दुई दिनभित्रै सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । पार्टीमा उठेका समस्याको समाधान सचिवालय बैठकमा छलफल गर्नुपर्नेमा उनले जोड दिए । प्रचण्डको प्रस्तावमा ओलीले भने बैठक डाक्न विभिन्न समस्या रहेको जवाफ दिए । उनले आफूहरु बसेर पहिले सहमति खोज्नुपर्नेमा जोड दिए ।

पार्टीमा विगतमा भएको सहमति कार्यान्वयन नभएको, सरकार सञ्चालन गर्दा पार्टीलाई पूरै बेवास्ता गरिएको विषय प्रचण्डले उठाएका थिए । उनले पार्टीमा छलफल र समन्वय गरी सरकारको कामकारबाही नभएकोमा तिव्र असन्तुष्टि पोखेका थिए । विशेषगरी राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, पर्सामा महेश चौरसिया मृत्यु प्रकरणमा मुद्दा दर्ता गर्न भएको अवरोध, भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलको भ्रमणलगायतका विषयमा प्रचण्डको असन्तुष्टि थियो ।

ओली-प्रचण्ड संवादहीनतामा आइसब्रेक

११ दिनको संवादहीनता अन्त गर्दै प्रचण्ड आज बालुवाटार पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग खुलेर कुराकानी गरेका थिए । पार्टीको विवादको छिनोफानो पार्टी कमिटीमा छलफल गरी गर्नुपर्ने प्रचण्डको प्रस्ताव रहेको थियो । उनले स्थगित केन्द्रीय कमिटी बैठक जतिसक्दो छिटो शुरु गर्नुपर्नेमा समेत जोड दिएको बुझिएको छ ।

नेकपा विवादस् गुटबीच सांसद तानातान

प्रचण्डले आफूले हदैसम्म लचकता देखाउँदा पनि कमजोरी ठानिएको भन्दै असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । उनले पार्टीलाई कमजोर बनाउने गतिविधिहरु भएकोतर्फ औल्याउँदै दुर्घटनाको खतरा समेत उल्लेख गरेको स्रोतले बतायो ।

माधव नेपालको यसरी बढ्यो शक्ति

 नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद वार पारको अवस्थामा पुगेको छ । दश दिनयता दुवै नेताको संवाद हुनसकेको छैन । दोस्रो तहका नेताहरु संवादको माहोल बनाउन सक्रिय भएपनि प्रचण्ड अब बालुवाटार नधाउने टुंगोमा पुगेको बुझिएको छ ।

ओली-प्रचण्ड वारपारको अवस्थामा, केन्द्र देखि स्थानीय तहसम्म टकराव बढ्यो

ओली र प्रचण्डको विवादले केन्द्रमा मात्र नभई प्रदेश र स्थानीय तहसम्म असर गरिसकेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि अविश्वासको प्रस्ताव दर्ता भयो । पर्सामा नेकपा कार्यकर्ताबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भयो । विवाद र झडपसम्मको अवस्थाले दुर्घटनाको संकेतहरु गरेको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्तावसम्मको तयारी

यतिबेला नेकपाभित्र ओली हटाउन अविश्वासको प्रस्ताव सम्मको तयारी भएको छ । यसमा प्रचण्ड र माधवकुमार नेपालबीच सहमति बनेको विषय बाहिर आइसकेको छ । यी दुई नेता एकजुट भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म बहुमतको अवस्था छ । तर, संसदीय दलमा ओली या उनी इतर समूहमध्ये कसैको बहुमत रहे नरहेको स्पष्ट छैन । दशैंभर ओली पक्षधरले सांसदहरुको हस्ताक्षर संकलन गरेर तयारी गरेको विषय बाहिर आएको छ । उनी इतर समूहले पनि हस्ताक्षर सुरक्षित राखेको छ ।

नेकपाभित्र ओली र प्रचण्डबीच विवादले चर्को रुप लिंदा माधवकुमार नेपाल झन् शक्तिशाली बन्दै गएका छन् । अब उनले जुन पक्षलाई साथ दिन्छन् उही बलियो हुनेछ । यसकारण नेपाल निर्णायक शक्ति बनेका छन् । ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन माधव नेपालले प्रचण्डलाई साथ दिनुपर्ने हुन्छ । अविश्वासको प्रस्ताव रोक्न पनि माधव नेपालकै भूमिका निर्णायक हुन्छ ।

आफूविरुद्ध घेराबन्दी भएको र सत्ता ढाल्ने खेल बढेको सूचना पाएर ओलीले माधव नेपालसँग हात मिलाउन खोजेका छन् । उनले दशैं अगाडि माधव नेपालसँग बालुवाटारमा भेटेर गत मङ्गलबार पनि महत्वपूर्ण कुराकानी गरी राजनीतिक लेनदेनको कुरा गरे । तर, नेपाल विश्वस्त हुन सकेका छैनन् ।

बालुवाटारमा ‘कोर टिम’ सँग ओलीको छलफल

माधव नेपालले यसपटक प्रचण्डसँगको गठबन्धनलाई निरन्तरता दिएर कठोर कदम चाल्नेतर्फ अगाडि बढ्छन् या सबैलाई मिलाउने व्यवस्थापकीय भूमिका निर्वाह गर्छन् हेर्न बाँकी छ । यसअघि नेपालले नै ओली हटाउने योजना बनाएर बोल्ड रुपमा आफूलाई उभ्याएका थिए । यो योजनामा वामदेव गौतम ब्याक भए, प्रचण्डले पनि ओलीसँग सहमति गरे तर नेपाल जहींको तहीं रहे । उनले यसपटक कस्तो कदम चाल्ने हुन् ? यो चासोको विषय बनेको छ ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार