Logo

दलितहरुले पूजापाठ गर्नु हुँदैन भन्ने भ्रम चिर्न शिल्पी समुदाय लक्षित कर्मकाण्ड प्रशिक्षण



नेपालमा लामो समय भई सक्यो जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको । तर अझै पनि केही यस्ता तत्वहरु छन् जसले समाजमा यसको गुञ्जायस हुन दिएका छैनन् । अझै पनि दलित समुदायले मन्दिरमा प्रवेश गर्नु हुँदैन वा पूजापाठ नै गर्नु हुँदैन भन्दै भ्रम छरिरहेका छन् । 

नेपाली समुदायमा जातीय नारा भजाएर रमाउँने पश्चिमा एनजिओ र आईएनजिओहरुले फैलाएको भ्रम चिर्न कसैले लागि पर्न आवश्यक पनि ठानेनन् । तर अहिले परिस्थिती बदलिएको छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपछि हिन्दु धर्ममाथी पश्चिमाहरुले प्रहार गर्न थालेको र यसको पहिलो निशानामा दलित समुदायलाई राखेर हिन्दु धर्म प्रति भ्रम र वितृष्णा पैदा गर्न खोजेको निश्कर्षमा हिन्दुवादी अभियन्ता र संघ संस्था पुगेका छन् । 

पछिल्लो समयमा भने धार्मिक अभियन्ता र संघ संस्थाहरुले पनि आफ्नो धर्म रक्षा गर्न भ्रम चिर्नु पर्ने आवश्यकता ठान्न थालेका छन् । यसै सन्दर्भमा शिल्पी समुदाय लक्षित कर्मकाण्ड प्रशिक्षणको आयोजना गरिएको छ । १२ दिनसम्म चल्ने यो प्रशिक्षण लमजुङको सुन्दर बजार नगरपालिकामा अवस्थित रामजानकी मन्दिर परिसरमा उद्घाटन गरिएको हो ।

सगोरा नेपालको आयोजना तथा बिश्व हिन्दु महासंघको सहआयोजनामा भई रहेको यो कार्यक्रमको उद्घाटन बिश्व हिन्दु महासंघ लमजुङका अध्यक्षको सभापतित्व तथा सुन्दर बजार नगरपालिकाका मेयर जनकराज मिश्रको प्रमुख आतिथ्यता, धार्मिक अभियन्ता तथा अधिकारकर्मी शिवसेना नेपालकी केन्द्रीय सहसचिव सृजना वाग्लेको बिशिष्ट आतिथ्यतामा गरिएको थियो । साथै यस कार्यक्रममा सगोरा नेपालका महासचिव योगराज पोखरेल, संस्थापक सदस्य अर्जुन राना, सगोरा नेपाल अल्फा रेञ्जरका युवा कमाण्डर रिपेन राना, स्थानीय प्रतिनिधि एवम धार्मिक संघ संस्थाको उपस्थिति रहेको थियो । 

यो कर्मकाण्ड प्रशिक्षण कार्यक्रम कार्तिक १५ गतेदेखि कार्तिक २६ गतेसम्मलाई आयोजना गरिएको छ । 

Sagora 1.jpg

प्रकाशित मिति : १६ कार्तिक २०७७, आईतवार १०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।