काठमाडौं । कुमारी बैंकले निक्षेपको ब्याजदर घटाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ब्याजदर घटाउने योजनासहित बैंकदर, नीतिगत दर र निक्षेपको बोल कबोल दर घटाएसँगै कुमारी बैंकले सोही अनुसार नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
भाेलि (मंसिर २४ गते)बाटै लागु हुने गरि कुमारी बैंकले एक बर्ष भन्दा बढी अवधीको मुद्धति निक्षेपको ब्याजदर ९.६१ प्रतिशत कायम गरेको छ । यस अघि ६ महिना भन्दा बढी अवधीका लागि बैंकले १०.०१ प्रतिशतले ब्याजदर दिएको थियो । अब भने ९.६१ प्रतिशत मात्रै ब्याज दिनेछ ।
६ महिनादेखि एक महिनासम्मको मुद्धति निक्षेपमा भने बैंकले ९.०१ प्रतिशत ब्याजदर दिनेछ । मंसिरमा ब्याजदर यथावत राखेको कुमारी बैंकले मौद्रिक नीतिको समीक्षापछि भने ब्याजदर घटाएको हो ।
निक्षेपमा घटाईएको ब्याजदर अनुसार नै अब कर्जाको ब्याजदर समेत घटाउने बैंकले जनाएको छ । बैंकले बचत खाताको ब्याजदर पनि ०.८ प्रतिशतले घटाएको छ । हालसम्म बचत खातामा ७.५१ प्रतिशत ब्याजदर दिँदै आएको बैंकले अब अर्थात मंसिर २४ गतेदेखि भने ६.७१ प्रतिशत कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने उदेश्यसहित मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदरलाई ०.५ प्रतिशतले घटाएको थियो ।




















प्रतिक्रिया