इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा यतिबेला दिउँसो पौने ४ बजे चेन्नई सुपर किङ्ग्स र किङ्ग्स इलाभेन पञ्जाब खेलिरहेका छन् भने राति अर्थात् पौने ८ बजे कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । यो दुवै खेल प्लेअफ समीकरण पूरा गर्नको लागि महत्त्वपूर्ण छ । पहिलो खेलमा चेन्नई र पञ्जाब प्रतिस्पर्धा गर्दैगर्दा दुवै टिमको उद्देश्य फरक–फरक हुनेछ ।
चेन्नईको यसअघि नै प्लेअफ पुग्ने सम्भावना सकिसकेको छ ,यदि चेन्नई ले पन्जाबलाई हराएमा उसको पनि प्लेअफ यात्राको सम्भावनामा ब्रेक लाग्छ भने पञ्जाब चेन्नईलाई ठूलो अन्तरले हराउँदै प्लेअफसम्म पुग्न अङ्कगणितको सम्भावना बलियो पार्न चाहन्छ । । आजै हुने दोस्रो खेलमा कोलकाता र राजस्थान एकअर्कालाई हराउँदै प्लेअफको यात्रा जीवितै राख्न चाहन्छन् । यी दुवैको १२–१२ अङ्क भए पनि नेट रनरेटका आधारमा राजस्थान छैटौँ र कोलकाता सातौँ स्थानमा छ । प्लेअफको सम्भावना बनाइराख्न यी दुवै टिमलाई ठूलो अन्तरको जितको आवश्यकता छ ।
लिग चरणको खेल अन्तिमतिर आइपुग्दा चार पटकको बिजेता मुम्बई इन्डियन यस अगिनै अगिल्लो चरण मा प्रवेश गरिसकेको छ भने बाँकी टिम को प्लेअफ झनै रोमाञ्चक बनेको छ । शनिबारको खेलमा दिल्ली र बेङ्ग्लोरले हारेसँगै अरु टिमको पनि प्लेअफको सम्भावना जिवितै रहेको हो ।





















प्रतिक्रिया