Logo

अर्थ

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजिनामा



काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन्।

नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजनासहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा बुझाएका हुन्।

थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन्।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए। २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिना अगावै पदबाट राजिनामा दिएका हुन्।

थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)का निवर्तमान अध्यक्ष हुन्। थानीले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा सक्रिय हुने योजना अनुसार राजिनामा दिएको बताइएको छ।

थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट हुन्।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १६:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।