Logo

समाचार

मोरङमा १७ वर्षीया किशोरी बलात्कृत



मोरङ- १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङलाई प्रहीले पक्राउ गरेको हो।

गुरूङले ती किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार १८:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।