तरकारी फलफूलको थोक व्यापार गर्न स्थापना गरिएको धनगढीको एउटा व्यापारिक फर्ममा हरि सुनारले काम गर्ने अवसर पायो। त्योभन्दा पहिले उ होटेलहरूमा भाडा माझ्ने काम गर्थ्यो। अब भने उसले रक्सी पिएका गिलास नमाझ्नु पर्ने भो भनेर उ साह्रै खुशी भयो।
त्यहाँ उसले आठ वर्षसम्म काम गर्यो। त्यो अवधिमा फर्मका केही लगानी कर्ताहरूले उसलाई विहान कलेज गएर पढ्नेसम्मको वातावरण बनाई दिएका थिए भने केहीले उसको विवाहको बेला ब्याज तिर्नु नपर्ने गरी ऋण पनि दिएका थिए।
जब फर्म निकै नाफामा गयो। नाफामा गएपछि स्थापना कालदेखि इमान्दारीतापूर्वक मेहनत र अनुशासनमा रहेर काम गरेको भनी फर्मले हरिलाई नगद पुरस्कारसहित खादा लगाएर सम्मान गरेको पनि थियो। यद्यपि पारिश्रमिक बढाउनु पर्दा र पदोन्नति गर्दा लगानीकर्ताहरूले आफ्ना नातेदारहरूलाई मात्र गर्थे। यस्तो विभेदले उसको निकै चित्त दुख्थ्यो। तर, पनि लामो समय काम गरेको फर्मप्रति उसको लगाव थियो।
फर्म समृद्ध भैसकेपछ। कति भाँडाकै बिल्डिङमा बस्ने लागेर फर्मले आफ्नै बिल्डिङ निर्माण गर्यो। गृह प्रवेशको भव्य अनुष्ठान गरिने भयो। रमेशले एकदिन अगाडि फर्मको म्यानेजरको निर्देशनमा यज्ञ निर्माण गर्यो। पूजा गर्ने समयमा यज्ञ मण्डपभित्र नपस्नु भनेर हरिलाई एसएमएस गरियो। राम्रो हुँदैन भनेर रे!
भोलिपल्ट अफिस समयमा हरिले राजीनामा पत्र कम्पनीलाई बुझायो। उसलाई असल लागेका र सहयोग गरेका केही मान्छेहरूले फर्म नछोड्न आग्रह गरे। तर, उसलाई विभेद गर्नेहरूलाई कानुन अनुसार गर्नुपर्छ भन्ने लागेर पनि केही असल मान्छेहरूको गुन र जसका कारण कृतघ्न पो भइने हो कि भन्ने लागेर आफैभित्र दबाएर राख्यो, आक्रोश र विद्रोह। त्यहाका साहुहरू धेरै जस्तो रक्सीको दुर्गन्धित जुठा गिलासहरू नै लागे उसलाई।




















प्रतिक्रिया