Logo

प्रमुख समाचार

राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित



काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि राष्ट्रिय सभाको बैठक यही असार ५ गते बसेको थियो ।

 

 

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १२:१४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।