Logo

अर्थ

केवाइसी अद्यावधिक गर्न बीमितहरुलाई सिटिजन लाइफको आग्रह



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज असार ११ गते एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

कम्पनीले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुनी व्यवस्था बमोजिम विद्यमान बीमित ग्राहकहरुको ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकाले ग्राहकहरुले आफ्नो राष्ट्रिय परिचयपत्र तथा हालसालै खिचिएको फोटो सहित आफ्नो नजिकको शाखा, उप शाखा कार्यालयमा उपस्थित भई ग्राहक पहिचान फाराम भरी अनिवार्य रुपमा अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको हो ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार ११:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।