Logo

च्याम्पियन लिगमा आज आठ खेल हुदै



च्याम्पियन लिगमा आज राति समूह चरणका आठ खेलहरू हुदैछन् । 

नेपाली समय अनुसार राति ११ः४० मा दुई खेल हुदैछ । जसमा टर्कीको टिम स्तानबुल बासबक्सेहिरले इङ्लिस क्लब म्यानचेस्टर युनाईटेडसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल स्तानबुलको घरेलु मैदानमा हुन लागेको हो । त्यस्तै त्यही समयमा रसियाको टिम जेनिट सेन्ट पिटरबर्गले ईटालीको टिम लानियाकोे सामना गर्ने तालिका रहेको छ । 

त्यसैगरी आज राति  नै थप छ खेल हुदैछ । ती खेलहरू नेपाली समय अनुसार रातिको १ः४५ मा हुनेछ । जसअन्तरगत स्पेनको टिम बार्सिलोना र युक्रेनको टिम डाइनामोकिभ भिड्दै छ । सो खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुन लागेको हो । लिपजिङले आफ्नो घरेलु मैदानमा फ्रान्सको जायन्स क्लब पीएसजीलाई स्वागत गर्दै छ । त्यसैगरी रसियको टिम एफसी क्रोस्नोडरले स्पेनको टोली सेभिल्लालाई स्वागत गर्दै छ । 

अर्काे खेलमा जर्मनको टोली बोरेसिया डटमनले  बेल्जियमको टोली क्लब बर्गसँग खेल्ने तालिका रहेको छ । सो खेल डर्टमनको घरेलु मैदानमा हुन लागेको हो । 

त्यस्तै आज हङ्गेरीको क्लब फेरेन्स्भारोसले कोरानाका कारण पछिल्लो खेल गुमाएका क्रिस्टियानो रोेनाल्डो सम्मिलित ईटालियन क्लब युभेन्टसको सामना गर्ने भएको छ । उक्त खेल हङ्गेरीको घरेलु मैदानमा हुन लागेको हो । इङ्लिस क्लब चेल्सीले फ्रान्सको टोली रेन्नेसलाई स्वागत गर्दैछ । 

 

प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार  ११ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।