Logo

प्रमुख समाचार

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते



वैशाख । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन ।

जसमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राती लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो ।

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।

सो जीपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०८१ शनिबार  १२ : १४ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।