Logo

प्रदेश

मधेशमा एकीकृत समाजवादीकी लुंगेलीले सम्हालिन् श्रम मन्त्रालयको जिम्मेवारी



जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट विना विभागीय मन्त्रीको शपथ लिएकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् ।

मन्त्री लुंगेलीसँगै बिनाविभागीय मन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले भने अर्थ मन्त्रालयमा अडान लिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनुअघि आफूलाई अर्थ मन्त्रालय दिने आश्वासन समेत दिएको उनको भनाइ छ । तर मुख्यमन्त्री यादवले भने उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन चाहेका छन् ।

जनमतले छाडेको श्रम तथ यातायात मन्त्रालय र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले आफैंले राखेका थिए ।

प्रकाशित मिति : बैशाख १३, २०८१ बिहीबार  १ : ०० बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।