Logo

प्रमुख समाचार

अत्यधिक गर्मीले खाेला नाला सुके, पानी नपाएर मर्न थाले जनावर !



रौतहट । राैतहट जिल्ला स्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।

करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेकाे छ । पछिल्लो पटक गएकाे फाल्गुन महिनामा पानी परेका थिए । त्यस पछि लागातार तापक्रम दैनिक बढोत्तरी हुँदै आएकाे छ । हिजो ( मंगलबार ) राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजीवनलगायत सबै  सजिव प्राणी- बाेटबिरुवाको साथै बाली नालीमा समेत असर परेकाे छ । यसै बिच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २  स्थित एउटा जंगली चाैपाया घाेड मृत अवस्था फेला परेकाे छ ।

प्रकृतिक खाेला नदी सुकेका कारण जंगली जनावर छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेका छन् । लाल बकैया नदीको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबैतर्फ दूरीमा निजी तथा  सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।

पानीको समस्या मधेशमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय: जसाे हैण्पाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चाैपाया तथा  जंगली जनाबर चराचुरुङ्गीलाई आफूले स्थानीय स्तरबाट जन श्रमदान गरी लाल वकैया नदीमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १०:१२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।