Logo

समाचार

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण



काठमाडौं । विभिन्न मितिमा हराएका २४ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहिबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध,माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको ट्राफिक प्रहरीले जनाएको छ ।

आज बुझाइएका २४ वटा सहित ३३५ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १४:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।