काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी पाँच जना घाइते भएका हुन् ।
उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार घाइते भएकाहरु दम्पत्ती र उनीहरुको बालबच्चा रहेको प्रारम्भिक जानकारीबाट खुलेको छ । घाइतेमा ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरीका साथै दम्पत्ती सञ्जय गिरी र रुपा गिरी रहेका छन् । उनीहरुको शरीरका भाग आगोले जलेको बताइएको छ ।
आगलागीमा घाइते भएका पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ ।
मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको सुवेदीले बताए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
प्रतिक्रिया