Logo

समाचार

स्रोत नखुलेको ९८ लाखसहित दरबारमार्गबाट २ जना पक्राउ



काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन ।

घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ११:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।