काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागीमा परेर गम्भीर घाइते भएकी रुपा गिरीको मृत्यु भएको छ । दुई छोरीपछि आमाको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान जानेको संख्या ३ पुगेको हो ।
मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो ।
भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो । पछिल्लो पटक सञ्जयकी श्रीमती ३२ वर्षीया रुपा गिरीको पनि उपचारको क्रममा आज बिहानपख मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
आगलागीमा परी घाइते भएका सञ्जयको र भतिज १५ वर्षीय नित गिरीको किष्ट अस्पतालमा उपचार हुँदै छ ।
प्रतिक्रिया