Logo

प्रमुख समाचार

इतिहासकार ज्ञानमणि नेपालको निधन



काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ ।  ९१ वर्षका नेपालको मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । नेपाललाई १० दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई छोरा छन् । त्यस्तै ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पनि नेपाललेका उल्लेखनीय पुस्तक हुन् ।

प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार  २ : १५ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।