Logo

समाचार

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

बिहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी लिएका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार  ११ : ५८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।