Logo

समाचार

माइडिया ब्रान्डका नयाँ वाटर डिस्पेन्सरहरू नेपालमा



काठमाडाैं । वल्र्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले तीन नयाँ मोडलका वाटर डिस्पेन्सरहरू बजारमा ल्याउने भएको छ ।

यी नयाँ वाटर डिस्पेन्सरहरूले उच्च प्रविधि र उन्नत डिजाइन प्रदान गर्दै उपभोक्ताको जीवनशैलीलाई सहज बनाउने उद्देश्य राखेको कम्पनीले बताएको छ ।

पहिलो मोडलः टप लोडिङ / हट एण्ड नर्मल–/९ लिटरको spacious क्याबिनेट सहित आउँछ, जसले प्रति घण्टा ४ लिटर पानी तताउन सक्छ। यसको स्मार्ट र कम्प्याक्ट डिजाइनले सानो ठाउँमा पनि सजिलै फिट हुन्छ । ओभरहिट प्रोटेक्शन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू यसमा रहेका छन् ।

फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर ५.१ केजी तौलको छ र यसको आयाम ३३०x३३०x८८५ मिमी रहेको छ ।

दोस्रो मोडल, टप लोडिङ – हट/नर्मल/कोल्ड कमप्रेसर कूलिङ/१६ लिटरको स्पेसियस क्याबिनेट सहित आउँछ, जसले प्रति घण्टा ४ लिटर तातो पानी र २ लिटर चिसो पानी उत्पादन गर्न सक्छ। उच्च दक्षता कमप्रेसर कूलिङ र तीन–ट्याप डिजाइनले यसलाई विशेष बनाउँछ । यसमा बाल सुरक्षा लक ओभरहिट प्रोटेक्शन, डिट्याचेबल ड्रिप ट्रे र बोटल सपोर्ट जस्ता सुविधाहरू रहेका छन् ।

फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरिएको यो डिस्पेन्सर १७.२ केजी तौलको छ र यसको आयाम ३१०x३६०x१००० मिमी छ।

तेस्रो मोडलःटप लोडिङ – हट एण्ड नर्मल– साना आकारमा प्रयोग गर्न उपयुक्त छ र यसले प्रति घण्टा ४ लिटर पानी तताउन सक्छ। सजिलो पुश प्याडल र दुई–ट्याप डिजाइनले यसलाई प्रयोग गर्न सरल बनाउँछ ।

यसमा पनि ओभरहिट प्रोटेक्शन रहेको छ । फूड ग्रेड सामग्री र स्टेनलेस स्टील वाटर ट्यांक मटेरियल प्रयोग गरी निर्माण गरिएको यो डिस्पेन्सर २.३ केजी तौलको छ र यसको आयाम २५४x२९५x३८७ मिमी रहेको छ

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार  ११ : ३५ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।