Logo

अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका



काठमाडौं । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।

पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।

 

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार  १ : २३ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।