Logo

समाचार

काकाको हत्या गरेको अभियोगमा पक्राउ



सल्यान । हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ । शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारपश्चात घर ल्याउने क्रममा बिहीबार बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : जेष्ठ ११, २०८१ शुक्रबार  ३ : ३७ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।