Logo

प्रमुख समाचार

आज पनि भएन उपेन्द्र यादवले दायर गरेको रिटकाे छलफल, मुद्दा हेर्न नभ्याइनेमा राखियाे



काठमाडौं । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।

उपेन्द्र यादवले जसपा नेपालको बिभाजन संबिधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १६:५२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।