Logo

प्रमुख समाचार

एमालेलाई विश्वप्रकाशकाे जवाफ– ओलीले आरोप लगाउन संविधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?



काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउँदै आफूहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।

एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।

महामन्त्री शर्माले भने- सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो । तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो । उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो । उहाँले आरोप लगाउन संबिधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने ?’

महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफूहरु मौन धारण नगर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ १४, २०८१ सोमबार  ६ : २२ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।