Logo

प्रमुख समाचार

सहकारी प्रकरणकाे छानबिन समिति बनाउन कांग्रेस सहमत, संसद अवरूद्ध गर्ने बाटाे बन्द !



काठमाडौं । नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरणमा संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले सहमतिबारे ब्रिफिङ गरेर बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । उनले आज कार्यदल बसेर केहीबेरमा कार्यादेश टुंग्याइने जानकारी दिँदै आजै संसदीय छानबिन सहमति बन्ने बताए ।

उनले भने, ‘अब कार्यदलको बैठक बसेर अन्तिम रूप दिन्छ । आज बस्ने ४ प्रतिनिधिसभाको बैठकबाट संसदीय छानबिन समिति गठन हुन्छ । हामीले समितिमा बस्नेको नाम ३ बजेसम्ममा दिइसक्छौं ।’

लेखकले कांग्रेसले उठाउँदै आएको माग सम्बोधन हुने गरी संसदीय छानबिन समिति बन्ने बताए । उनले बचतकर्ताको रकम फिर्ता हुने ग्यारेन्टी गर्ने र सहकारी ठगीमा नाम जोडिएका व्यक्तिको बारेमा छानबिन गर्ने बताए ।

संलग्न सबै व्यक्तिको छानबिन हुने तर कार्यादेशमा व्यक्तिको नाम जोड्न आवश्यक नरहेको निष्कर्षमा कांग्रेस पुगेको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:१२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।