Logo

प्रमुख समाचार

कैलाश सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी



काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयरलिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले जानकारी दिए । जिल्ला अदालतले उनलाई सोमबार थप तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।

सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएकाे परिवारले जनाएको छ । सिरोहियालाई काठमाडौँ ल्याउनका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ ल्याइने परिवारले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  २ : २९ बजे

375
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।