Logo

प्रमुख समाचार

सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमा काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको छ ।

धनुषाको काभ्या अस्पतालले थप उपचारका लागि मेडिसिटीमा रिफर गरेपछि सिरोहियालाई काठमाडौं ल्याइएको हो ।

सिरोहियामाथि अनुसन्धानका लागि सोमबार मात्रै धनुषा जिल्ला अदालतले प्रहरीलाई तेस्रो पटक तीन दिनको म्याद थपको अनुमति दिएको थियो । तर काभ्या अस्पतालले उनको स्वास्थ्यमा गम्भीरता देखिएको भन्दै थप उपचारका लागि मेडिसिटीमा रिफर गरेको हो ।

मंगलबार दिउँसो उनलाई मेडिसिटी ल्याइएको छ ।

नागरिकता कीर्तेको उजुरीमा अदालतले पक्राउ पुर्जी दिएपछि प्रहरीले जेठ ८ गते सिरोहियालाई थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाट पक्राउ गरी धनुषा लगेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।