Logo

प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ



पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू विन्दुकुमार थापा र डा. टकराज गुरुङले शपथ लिएका हुन् ।

थापाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गुरुङले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । बाँकी ३ वटा मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैँसँग राखेका छन् ।

यी मन्त्रालय राप्रपा, स्वतन्त्र सांसद राजीव गुरुङ र नेसपाका फणीन्द्र देवकोटालाई दिने तयारी रहेकाे छ ।  राप्रपाका दुई र बाँकी दुई सांसदले साथ दिएको अवस्थामा मात्र सरकार जोगिने भएकाले उनले मन्त्रालय खाली राखेका हुन् ।

पाण्डे ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका हुन् । उनले आगामी १६ असारभित्र विश्वासको मत लिनुपर्ने छ । हालसम्म उनको पक्षमा कांग्रेसका २७ बाहेक अरु सांसद छैनन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ जना चाहिन्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १९:५९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।