काठमाडाैं । सिन्धुलीको तीनपाटनमा ट्याक्कर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् । सिन्धुली चकमके सडक अन्तर्गत भिमस्थान बेलबारी रोड (तीनपाटन-२) मा ट्याक्टर र माेटरसाइकल ठाेक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक तीनपाटन- १ बेलघारीका निवासी शिक्षक नबराज काफ्ले घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको बताइएकाे छ । काफ्लेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया