Logo

प्रमुख समाचार

तराईमा अत्यधिक गर्मीले जनजीवन कष्टकर, धनगढीकाे तापक्रम ४४ डिग्री नाघ्याे



काठमाडाैं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको माैसम तथा विज्ञान विभागले जनाएकाे छ ।

गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनयता तातो हावा चल्न थालेको छ । गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । लम्की–चुहा नगरपालिकाले बुधबार नै विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ १७, २०८१ बिहीबार  ४ : ५१ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।