सिन्धुली । बैंकका कर्मचारी सवार बस सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ बारामा दुर्घटना भएको छ ।
महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी सवार वाग्मती प्रदेश ०१०-०१-१७३२ नम्बरकाे पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ ।
बसमा २८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए । उनका अनुसार ती कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किँदै थिए । घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार जारी राखेका छन् । बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।
प्रत्यक्षदर्शीका अनुसार विपरीत दिशाबाट आएको स्कुटीलाई बचाउन क्रममा बस दुर्घटना भएकाे जनाइएकाे छ । बस दुर्घटना भएको स्थलमा स्थानीय, प्रहरी, रेडक्रस उपशाखाको टोलीहरु पुगेर घाइतेहरुलाई उपचारको लागि नजिकै रहेको स्थास्थ्य केन्द्र खुर्कोट लगेका छन् । बसमा २५ जना सवार रहेकाेमा सबै घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया