Logo

अन्तर्राष्ट्रिय

अरविन्द केजरीवाल आज पुन: जेल जाँदै



काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल आज पुन: जेल जाँदै छन् ।

भारतको सर्वोच्च अदालतले दिएको अन्तरिम जमानतको समय आज सकिएसँगै आज उनले सरेन्डर गर्नुपर्ने भएको छ ।

यस अघि केजरीवालले आफ्नो स्वास्थ्य समस्या देखाउदै आफ्नो अन्तरिम जमानत ७ दिन बढाउन सर्वोच्चमा याचिका दायर गरेपनि सर्वोच्चले सो याचिका अस्वीकार गरेको थियो ।

केजरीवाल यस अघि मार्च २१ मा दिल्ली सरकारको मदिरा नीतिमा गरेको अनियमितताको आरोपमा पक्राउ परेका थिए ।

२० दिन जेल बाहिर रहेका केजरीवलले यस अवधिमा पार्टी र आफ्नो इन्डिया गठबन्धनका लागि देशभर चुनावी र्याली र सभालाई सम्बोधन गरेका थिए । भारतमा सात चरणमा भएको लोकसभाको निर्वाचन शनिबार सकिएको छ भने अब मंगलबार नतिजा सार्बजनिक हुने छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  १० : ५८ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।