Logo

प्रमुख समाचार

स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, ४ जना घाइते

पीडितमाथि अश्रुग्याँस प्रहार



दाङ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।

स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग पूरा नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए । उनीहरुले कार्यालय घेरेका थिए ।

प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

सरकारले पटक–पटक आफूहरूसँग सम्झौता गरेपनि कार्यान्वयन नगरेका कारण दबाबस्वरुप तालाबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  ११ : ५६ बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।