Logo

समाचार

बलात्कार आरोपी उपसचिव रूपेशकुमार साहले प्रहरीसमक्ष गरे आत्मसमर्पण



जनकपुरधाम । जबर्जस्ती करणी अभियोगमा फरार भएका मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

साहले गत शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।

मधेस भवनस्थित सरकारी कर्मचारी क्वार्टरमा गत माघ १८ गते राति साढे १० बजेतिर उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएको र बेहोस भएपछि बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।

सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साह आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

साहले पीडितका श्रीमान् नभएको मौका पारेर राति कोठामा गएर नशालु पदार्थ मिसिएको पेडा दिएका थिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार  १२ : २४ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।