Logo

समाचार

राखेप सदस्य-सचिवलाई सँगै राखेर क्रिकेट हेर्दै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आईसीसी टी-२० विश्वकपअन्तर्गत नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हेरिरहेका छन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सँगै खेल हेरेका हुन् ।

जारी खेलमा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपालसामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि स्पिनरद्वय कुशल भुर्तेल र दीपेन्द्रसिंग ऐरीले उत्कृष्ट बलिङ गर्दै क्रमशः ४ र ३ विकेट लिएका छन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : असार १, २०८१ शनिबार  ९ : ०० बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।