काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रको जग्गा १५ दिनभित्र खाली गर्न सूचना जारी गरेपछि त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । कोषले सम्झौता बमोजिम बस्ती स्थानान्तरण नगरेरै हटाउन लागेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८, तिलगंगाका स्थानीय दीपकप्रसाद गौतमले उक्त बस्तीका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको दाबी गरे । ‘पशुपति क्षेत्र विकास कोषको एकाग्रही तरिकाले १५ दिने सूचना भनेको छ, उसले ०७७ सालमा निकालेको सूचना ३५ दिने भनेर लागेको छ । त्यो बेलामा पनि हामी प्रतिनिधिसहित आउँदा कार्यान्वयन गर्छौं भनेको हो’, उनले भने, ‘यिनीहरु आफूले गरेको कुराहरु ०७१ सालदेखि विभिन्न मितिमा गरेका विषयमा उनीहरु आफू कार्यान्वयन गर्न नसक्ने र जनतालाई दुःख दिने ?’
तिलगंगा (बि १३) मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड (बि ३) क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भएपनि हालसम्म जग्गा उपलब्ध गराउन नसकेको स्थानीयको भनाइ छ । कोषले असार १ गते ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
प्रतिक्रिया