न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डर्नले शुक्रबार आफ्नो दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । न्युजिल्याण्डमा भएको आम निर्वाचनमा बहुमतसहितको जित हात परेसँगै उनले आफ्नो दोस्रो कार्यकाल सुरु गरेकी हुन् ।
अर्डनसँगै उनका अन्य मन्त्रीहरुले पनि शुक्रबार न्युजिल्याण्डको राजधानी विलिङटनको गभर्मेन्ट हाउसमा अंग्रेजी र माओरी भाषामा शपथ लिएका हुन् ।
प्रधानमन्त्री अर्डनलको नयाँ मन्त्रीमन्डलमा २० जना रहेका छन्, जसमा धेरै जसो महिला र माओरी समुदायका छन् । यसअघि नै उनले आफ्नो टोलीमा महिला र माओरी समुदायलाई प्रथमिकता दिने बताएकी थिइन् । मंत्रिपरिसदमा आठजना महिला छन् ।
४० वर्षीया महिला प्रधानमन्त्री अर्डनले कोरोना भाइरस(कोभिड–१९) महामारीमा गरेको कार्यहरुको विश्वभर प्रशंसा भएको थियो । सोही कारण गत अक्टोबर १७ मा भएको आमनिर्वाचनमा उनले बहुमतसहितको जित हात हासिल गरेकी हुन् । उक्त निर्वाचनमा उनको पार्टीले १२० सदस्यीय संसद्मा ६५ सिट हात पारेको हो । उनले आफ्नो अहिलेको प्राथमिकता भनेको कोरोना भाइरस महामारी नियन्त्रण र महामारीको कारण प्रभावित बनेको अर्थतन्त्रमा सुधार गर्नु रहेको बताएकी छिन् ।
स्रोत :अलजाजिरा
प्रतिक्रिया