इंग्ल्यान्डसँगको सिरिजका लागि दक्षिण अफ्रिकाले क्रिकेटको राष्ट्रिय टिम घोषणा गरेको छ । इंग्ल्यान्डसँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि क्रिकेट दक्षिण अफ्रिकाले टिमको घोषणा गरेको हो ।
दक्षिण अफ्रिकाको टिमको कप्तानी क्विन्टन डी ककले गर्दैछन् । २४ सदस्सीय टोलीमा यसअघि टिम बाहिर रहेका कासिगो राबडा र जुनियर डालाले पुनरागमन गरेका छन् । टिममा बलर ग्लेन्टेन स्टुरमानले पहिलो पटक स्थान बनाएका छन् ।
अफ्रिकाले घरेलु मैदानमा पाहुना टोली इंग्ल्यान्डसँग ३ खेलको एक दिवसीय र ३ खेलकै टी–ट्वान्टी सिरिज खेल्नेछ । यो दुई टिमको टी–ट्वानी सिरिज नोभेम्बर २७ र एक दिवसीय डिसेम्बर ४ बाट हुँदैछ ।





















प्रतिक्रिया