Logo

मनोरञ्जन

फूलपातीको अवसरमा ३ वटा फिल्म प्रदर्शनमा



काठमाडौँ । फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आजबाट ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् ।

दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेल लगायतको अभिनय छ । फिल्मको यसअघिका सिरिजले व्यवसायमा रेकर्ड बनाउँदै आएकोले यसले पनि राम्रो व्यवसाय गर्ने अपेक्षा निर्माण पक्षको छ ।

त्यस्तै कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेका एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको फिल्म हो, ‘१२ गाउँ’ ।

फिल्ममा बिराज भट्टका साथै उनका छोरा समीर र न्यासी खड्काको समेत रहेकाे एक्सनले भरिपूर्ण फिल्ममा ‘१२ गाउँ’ नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा ट्रेलरमा देखाइएको छ । फिल्ममा सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्केलगायतको अभिनय छ।

त्यसैगरी जितु नेपालको मुख्य भुमिका रहेको फिल्म हो, ‘ज्वाइँ साब’ । फिल्ममा जितुको अलवा नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डे अभिनय छ । वसन्त निरौला निर्देशित फिल्म रेड आई फिल्मसको प्रस्तुति र मौसम फिल्मसको सहकार्यमा निर्माण भएको हो । यो फिल्मका निर्माण पक्षले पनि दर्शकको मन जितिने विश्वास लिएको छ ।

यसरी फिल्म जुध्दा सबैलाई असर पर्छ नै । तर बजारमा तीनै फिल्मको चर्चा राम्रो छ । सबै निर्माता निर्देशक आफ्नो फिल्मले व्यवसाय गर्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार १४:५१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।