काठमाडौं । बडा दशैंको अबसरमा प्रदर्शनमा आएका तीन फिल्ममा सामाजिक सञ्जालको द्वन्द्वले ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को जति चर्चा भयो त्यसको करिब मात्रै रह्यो अर्को चलचित्र ‘ज्वाइँसाब’ । समान स्तरका स्टारकास्ट, तुलनात्मक रूपमा दर्शकको मन जित्ने उत्कृष्ट ट्रेलर लिएर एकसाथ दर्शकमाझ आएको ‘ज्वाइँसाब’ ले प्राप्त शोजहरूमा दर्शकलाई खुशी बनाइरहँदा पनि अन्य फिल्म निर्माता र शुभचिन्तकहरूको फोसबुक जुहारीले यो फिल्मलाई छायाँमा राख्न खोजे ।
तर सुरुवाती दुई दिनमा कम शोज र कम अकुपेन्सीमा ब्यापार गरेको यो फिल्म अब भने ‘हाउसफूल’ ब्यापारका साथ अघि बढेको छ । तुलनात्मक रूपमा कम स्थान पाएको यो फिल्मले प्राप्त शोजलाई लगातार हाउसफूल बिजनेसमा बदलेपछि हल सञ्चालकहरूले शोज थपेका छन् । फिल्मको ‘वर्ड अथ माउथ’ उच्च छ ।
सोमबारबाट फिल्मको अकुपेन्सीमा छलाइँ आएको निर्देशक बसन्त निरौलाले बताए । पहिलो दिन ३० प्रतिशत रहेको अकुपेन्सी तेस्रो दिनमा ७० प्रतिशतले बढ्यो, माउथ पब्लिसिटीले दर्शक उत्साहित हुँदै हलमा आइरहेका छन्, निरौलाले भने, फिल्म राम्रो भएपछि दर्शक र शो पनि थपिन्छ भन्ने यो उदाहरण हो ।’
फिल्म हेर्ने अधिकांश दर्शकले प्रमुख कलाकार जितु नेपालको कामको तारिफ गरेका छन् । फिल्ममा समावेश हाँस्य रससँगै आफ्नै घर गाउँको परिवेश बोल्ने भावनात्मक दृश्यहरूले दर्शकलाई बाँधेको छ, निरौंला भन्छन्, दर्शकको प्रतिक्रिया र बढ्दो उत्साहजनक उपस्तितिले हाम्रो फिल्म लामो रेसको घोडा बन्नेमा विस्वस्त छु ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको यो फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ । बुधबार पनि बिहानैबाट यो फिल्मले हाउसफूल दर्शक पाइरहेको छ । काठमाडौंसहित मोफसलका दर्शकले फिल्मलाई मन पराएका छन् ।
प्रतिक्रिया