Logo

राजनीति

प्रचण्ड परे तनावमा ! ‘ओलीले लगाए जालझेल र गुटबन्दीको आरोप’



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच झण्डै २ घण्टा छलफल भयो । निश्र्कष केहि आएन् । अन्योलमा परे नेताहरु । 

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए ।

नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । आज नै सचिवालय बैठक तोक्ने प्रयास भए पनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए ।

बालुवाटारमा छलफलको सुरुवात कार्यकारी अध्यक्ष प्रचण्डले गर्नुभएको थियो । उहाँ सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोल्नुभएको थियो । 

प्रचण्डले यसो भनिरहँदा अर्का अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेको एक नेताले बताए । १० असारमा सुरु भएको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा सार्वजनिक रुपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको अभिव्यक्ति दिनुभएको थियो ।

१७ असारमा बसेको पार्टी बैठकमा नेताहरूले ओलीको त्यही अभिव्यक्तिमाथि प्रश्न उठाएर प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरेका थिए ।त्यसपछि बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम बोल्नुभएको थियो । उहाँले सकेसम्म बैठक बस्नै नमान्ने, बैठक बसी हाले पनि नबोल्ने तथा निष्कर्षमा पुग्नै नदिने र निष्कर्षमा पुगे त्यो निश्कर्ष नै नमान्ने भन्दै आलोचना गर्नुभयो । 

त्यस्तै, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुबै अध्यक्षलाई पत्र लेखेको स्मरण गर्नुभएको थियो ।

प्रवक्ता श्रेष्ठले ९ कात्तिकको पत्रमा प्रधानमन्त्रीले रअका प्रमुखसँग गरेको भेट, प्रदेश सरकारलाई संघीय सरकारको प्रशासनिक एकाइ बनाउने अभिव्यक्ति र कोरोनाको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णयमा आफ्नो असहमति दर्ज गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।

यता, पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री ओली बोल्नुभएको थियो । उहाँले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाउनुभएको छ ।  थप छलफलका लागि ओलीको सहमति मागिएको छ । त्यसैले मिति भएको छैन् । 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार ०८:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।