इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।
आबुधावीस्थित शेख जायद रंगशालामा खेल नेपाली समयअनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ । यसघि भएको पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएपछि दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । यता सनराइजर्स हैदरावाद भने यस अघि भएको इलिमिनेटर खेलमामा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा स्थान पक्का गरेको हो ।
आउने मंगलबार हुने फाइनलमा स्थान सुरक्षित गर्नका लागि आज दुवै टिम जितको खोजीमा हुनेछन् । आज जित्ने टोलीले फाइनलमा उपाधिका लागि साविक बिजेता तथा ४ पटकको बिजेता मुम्बई इण्डियन्सको सामना गर्नेछ । लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ । यता दिल्ली भने हैदरवादसँग व्यहोरेको हारको बदला लिने दाउमा हुने छ ।





















प्रतिक्रिया