Logo

मनोरञ्जन

तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक



काठमाडौं । तिहार नजिकिँदै गर्दा तिहारका विषयमा निर्माण भएका गीत धमाधम सार्वजनिक हुन थालेका छन् ।

यस्तैमा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । परदेशमा रहेका दाजु–भाइ र दिदी–बहिनी तिहारमा भेट नहुँदाको भावनात्मक कथा गीतमा समेटिएको छ ।

लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दीर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता गीतको भिडियोमा देखाउन खोजिएको छ ।

भिडियोमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलीप श्रेष्ठ, अपार श्रेष्ठलगायतको अभिनय छ । भिडियो जोयस पाण्डे निर्देशन गरेका हुन् ।

भिडियोको सबै छायांकन अमेरिकामै भएको हो । ताइवानका चिनइन गावाको छायांकन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार १५:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।